जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर : महासचिव पोखरेल

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको गुनासो गरेका छन् ।

सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा समेत उठ्नुपर्ने महासचिव पोखरेलले बताए ।

‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन्, ‘हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ ।’

उनले अगाडि लेखेका छन्, ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14