जोडिनुहोस
  • होमपेज
  • इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार काठमाडौं आइपुग्ने (नामावलीसहित)

इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार काठमाडौं आइपुग्ने (नामावलीसहित)

काठमाडौं। हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।

तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ ।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो ।

दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव आइतबार बिहान काठमाडौं आइपुग्ने छ ।

अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options