जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १६ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २६ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • अमेरिकामा घर जग्गाको कारोबार घटे्यो

अन्तर्राष्ट्रिय

अमेरिकामा घर जग्गाको कारोबार घटे्यो

अमेरिकामा घर जग्गाको कारोबार घटे्यो

न्युर्योक – अमेरिकामा घर जग्गाको कारोबार घटेको छ। एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो।

अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो। अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ। कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशात्रीहरुले जनाएका छन्।

संसारलाई झैँ अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड-१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात् जिविकोपार्जनका लागि मात्रै पैसा कमाइरहेका छन् भने झैँ अवस्था देखा परेको छ, जसको परिणाम स्वरूप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशास्त्री निक जोन्सनले भने।

विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ। एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो।

तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा पनि अहिले घर जग्गाको कारोबार घटेर अर्थतन्त्रमा नकारात्मक असर गरेको भन्दै कित्ताकाट खुल्ला गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91