जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको उत्पादन तथा बिक्री बितरण सुरु गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उत्पादन तथा विक्रि बितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री रिजालले सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० मा दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारको प्रतिबद्धतालाई पुरा गर्न पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले मद्दत पुग्ने बताए । पौष्टिक तत्वको कमीका कारण हुने कुपोषणलाई अन्त्य गर्न सूक्ष्म पोषक तत्व लाभदायी हुने उनले बताए । मन्त्री रिजालले अधिकांश जनसङ्ख्याले प्रयोग गर्ने चामलको स्तरोन्नति गर्दा पोषण अवस्थामा सुधारका लागि मद्दत पुग्ने जिकिर गरे । चामलसम्बन्धी मापदण्ड तयार गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्