जोडिनुहोस
  • होमपेज
  • कैलालीमा स्कारपियो दुर्घटना हुदा १ जनाको मृत्यु, ५ घाइते

कैलालीमा स्कारपियो दुर्घटना हुदा १ जनाको मृत्यु, ५ घाइते

धनगढी : कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (शनिवार) जिल्लाको गोदावरी नगरपालिका वडा नं ५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना भएको हो।

दुर्घटनामा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार स्कारपियोमा सवार अन्य ५ जना घाइते भएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका वडा नं ६ मटयारीका ४२ वर्षीय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनुखाण चन्द घाईते भएको प्रहरीले जनाएको छ।

उनीहरू सबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। हरिद्धारबाट आएको उक्त स्कारपियो आफैं अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Start Play Game With Bonus 450 000