जोडिनुहोस
  • होमपेज
  • सुन तस्करी प्रकरणः दावासँग सम्पर्कमा रहेका अधिकारीलाई अध्यागमनको महानिर्देशकबाट हटाइयो

सुन तस्करी प्रकरणः दावासँग सम्पर्कमा रहेका अधिकारीलाई अध्यागमनको महानिर्देशकबाट हटाइयो

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ।

सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई बिहीबार विभागबाट हटाएर गृह मन्त्रालयमा तानेको हो।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा ६० किलो सुन सिनामंगलबाट बरामद गरेको थियो।

उक्त सुन तस्करी प्रकरणमा मुख्य योजनाकारमध्ये एक रहेका दावा छिरिङ पक्राउ परेका थिए। दावासँग अधिकारीको कनेक्सन रहेको पाइएपछि अध्यागमन विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अधिकारीमाथि आवश्यक अनुसन्धान थालिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14