जोडिनुहोस
  • होमपेज
  • राष्ट्र संघमा रुसी विदेशमन्त्रीले पश्चिममा मुलुकलाई भने, ‘झुटको साम्राज्य’

राष्ट्र संघमा रुसी विदेशमन्त्रीले पश्चिममा मुलुकलाई भने, ‘झुटको साम्राज्य’

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमलाई ‘झुटको साम्राज्य’ भन्दै युक्रेन युद्धमा समर्थन जुटाउन ‘ग्लोबल साउथ’ मा प्ले गर्न खाजेको बताएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७८औँ महासभामा शनिबार आफ्नो भाषणका क्रममा लाभरोभले बहुसंख्यक विश्वलाई पश्चिमले धोका दिइरहेको टिप्पणी गरेका हुन् ।

‘संयुक्त राज्य अमेरिका र यसको अधीनस्थ सामूहिकले द्वन्द्वलाई निरन्तरता दिइरहेको छ र मानवतालाई कृत्रिम रूपमा शत्रुतापूर्ण ब्लकमा विभाजित गरेर समग्र उद्देश्यको उपलब्धिमा बाधा पुर्‍याइरहेको छ’, लाभरोभले भने, ‘उनीहरूले संसारलाई आफ्नै आत्मकेन्द्रित नियमअनुसार खेल्न(चल्न बाध्य पार्न खोजिरहेका छन् ।’

भाषणपछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राखेको १० बुँदे प्रस्ताव र ब्ल्याक सीको अन्न निर्यात सम्झौता पुनर्जीवित गर्ने प्रस्तावलाई खारेज गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV