जोडिनुहोस
  • होमपेज
  • राशिफलः तापाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तापाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८२ साल जेठ २ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। भाग्यका स्थानमा चन्द्रमा बसेकाले नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ।

वृषः दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

कर्कटः दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः दिन सामान्य छ। आज ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सुविधा प्राप्त हुनेछ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः मन प्रशन्न रहनेछ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने दिन छ।

मकरः सञ्चित धन खर्च हुने दिन छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

कुम्भः दिन सामान्य छ। रिसलाई नियन्त्रण गर्नु उचित हुनेछ। सञ्चित धन खर्च हुने योग छ। साढेसातको प्रभावका कारण भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीनः साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। अग्रजको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका