जोडिनुहोस
  • होमपेज
  • प्रदेश मन्त्रालय कटौती गर्ने सरकारको तयारी

प्रदेश मन्त्रालय कटौती गर्ने सरकारको तयारी

काठमाडौं, सरकारले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आर्थिक भार घटाउन प्रदेशका मन्त्रालयहरू कटौती गर्ने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थालाई औँल्इाउँदै प्रशासनिक खर्च घटाएर वित्तीय सुशासन कायम गर्न मन्त्रालय घटाउने तयारीमा रहेको प्रदेशका मन्त्रीहरूसँग बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका थिए।

उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाटका लागि पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसहित प्रदेशका मन्त्री, सांसद र नेताहरूसँग उक्त कुरा बताएको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले जानकारी दिए।

नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options