जोडिनुहोस
  • होमपेज
  • सिंगापुरद्वारा कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य

सिंगापुरद्वारा कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य

काठमाडौँ– राजधानीमा जारी एसीसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिंगापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो । 

सिंगापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । 

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिंगापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे ।

 त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए । समूह बी मा रहेको सिंगापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोरदै दुई अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV