जोडिनुहोस
  • होमपेज
  • भुटान अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि हटस्पट बन्दै

भुटान अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि हटस्पट बन्दै

थिम्पु— भुटान अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । भुटान लाइभका अनुसार भुटानले अन्तर—सांस्कृतिक आदानप्रदान र सिकाइका लागि नयाँ बाटोहरू खोलिरहेको छ।

पछिल्लो समय दुई १६ वर्षीय अष्ट्रेलियाली विद्यार्थीहरूको भर्नाको साथ देशले विश्वव्यापी शिक्षामा आफ्नो भूमिकालाई पुनः परिभाषित गर्न खोजीरहेको छ।

यस कदमले विदेशमा शैक्षिक अनुभवहरू खोज्ने भुटानी विद्यार्थीहरूको परम्परागत कथालाई चुनौती दिन्छ र भुटानले प्रस्ताव गरेको शैक्षिक परिदृश्यमा उजागर गरेको भुटान लाइभले उल्लेअ गरेको छ ।

अस्ट्रेलियाली विद्यार्थीहरू पाँच महिना भुटानमा अध्ययन गर्नेछन् ।

भुटान लाइभका अनुसार यी विदेशी विद्यार्थीहरूलाई अध्यापन गराउने निजी विद्यालयले उनीहरूको व्यक्तिगत वृद्धि मात्र होइन आफूले पनि धेरै कुरा सिक्ने बताइएको छ ।

अष्ट्रेलियाका विद्यार्थीका परिवारहरूले भुटानी निजी विद्यालयहरूको अङ्ग्रेजी भाषा शिक्षा विद्यार्थीहरूको लागि सहज भएको बताएका छन्।

भुटान लाइभका अनुसार भुटानमा विदेशी विद्यार्थीहरूको भर्नाले विश्वव्यापी शिक्षा प्रवृतिमा आएको परिवर्तनको एक उदाहरण हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help