जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ४१ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५१ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुला

दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुला

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमालेसहितको समर्थनमा दाहाल मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेपछि कांग्रेस संघदेखि प्रदेशसम्म अनायास सत्ताबाहिर पुगेको थियो । तर पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर माओवादीसँग सहकार्यको हात बढाएको कांग्रेस सत्ताबाहिर भएको ६४ दिनमै फेरि सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नुअघि पुस १० गते एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी केन्द्र अलग भएसँगै कांग्रेस सत्ता साझेदार बन्ने निश्चित भएको थियो । एमालेले दाहाल नेतृत्व सरकार नछाडेसम्म कांग्रेसलाई सत्तारोहणका लागि नैतिक समस्या रहेको जनाउँदै एक नेताले भने, ‘अब हामीलाई सरकारमा सहभागी हुन बाटो खुल्यो ।’

पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा शपथ लिएकै दिन एमाले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको थियो । पूर्व सहमतिविपरीत माओवादीसहितका आठ दलले फागुन १२ गते राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91