जोडिनुहोस
  • होमपेज
  • चीनद्वारा ताइवानका कम्युनिष्ट पार्टीको आलोचनात्मक पुस्तक लेखक पक्राउ

चीनद्वारा ताइवानका कम्युनिष्ट पार्टीको आलोचनात्मक पुस्तक लेखक पक्राउ

हङकङ— चिनियाँ अधिकारीहरूले ताइवानका स्वतन्त्रता समर्थक राजनीतिक कार्यकर्ता याङ चिह—युआनलाई पूर्वी झेजियाङ प्रान्तमा हिरासतमा परेको आठ महिनाभन्दा बढी समयपछि औपचारिक रूपमा गिरफ्तार गरेको घोषणा गरेको सीएनएनले लेखेको छ।

प्रजातन्त्र अभियानकर्ता र स्वतन्त्रता समर्थक राजनीतिज्ञ याङ चिह—युआनलाई गत अगस्टमा तत्कालीन संयुक्त राज्य सभाका सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण पूरा गरेको केही घण्टापछि झेजियाङ प्रान्तको वेन्झाउमा चिनियाँ राज्य सुरक्षाले हिरासतमा राखेको थियो, ।

ताइवानको मेनल्याण्ड अफेयर्स काउन्सिलले याङको हिरासतको बारेमा मुख्य भूमि अधिकारीहरूसँग बारम्बार सम्पर्क गरेको तर प्रत्यक्ष प्रतिक्रिया नपाएको बताएको छ।

ताइवानी सरकारले याङ निर्दोष रहेको दोहोर्‍याउँदै आएको छ र चिनियाँ कम्युनिष्ट पार्टीलाई याङलाई रिहा गर्न र उनलाई सकेसम्म चाँडो ताइवान फर्कन अनुमति दिन आह्वान गरेको काउन्सिलले एक विज्ञप्तिमा भनेको छ ।

३३ वर्षीय याङ एक दशकभन्दा बढी समयदेखि ताइवानको सामाजिक आन्दोलनमा सक्रिय छन् र एक पटक ताइवानको विधान सभाको सिटका लागि उम्मेदवारी दिएका थिए, जुन उनले जित्न सकेनन्। २०१९ मा, उनी ताइवान नेश्नल पार्टीको उपाध्यक्ष बनेका थिए ।

ताइवानको आन्तरिक मन्त्रालयका अनुसार पार्टी अब निष्क्रिय भएको छ। उनले कम्युनिष्ट पार्टीको आलोचना गर्ने पुस्तक प्रकाशित गरेका छन् । चीनको राज्य प्रसारक सीसीटीभीले गत वर्ष अगस्ट ३ मा ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने र राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने ‘पृथकतावादी गतिविधि’ मा संलग्न भएको आरोपमा याङलाई वेन्झाउको राज्य सुरक्षा ब्यूरोले हिरासतमा लिएको थियो। चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले ताइवानलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics