जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय गौरवका आयोजनाः २ वटा सम्पन्न, २१ वटा अधुरै

राष्ट्रिय गौरवका आयोजनाः २ वटा सम्पन्न, २१ वटा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका २४ वटा आयोजनामध्ये दुई वटा आयोजनाको काम सम्पन्न भएको जानकारी दिएका छन्।अन्य आयोजना भने विभिन्न कारणले गर्दा काममा ढिलाइ भएको प्रचण्डको भनाइ छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रत्यक्ष प्रश्नउत्तरमा सहभागी हुँदै एमाले सांसद ॠषिकेश पोखरेलले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनाको बारेमा जानकारी गराएका हुन्।

उनकाअनुसार राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये २ वटा सम्पन्न हुँदा १४ वटा आयोजनाको काम ८० प्रतिशत माथि भएको छ।

यस्तै ५ वटा आयोजनाको ५० देखि ८० प्रतिशत काम सम्पन्न भएको र अन्य २ वटा आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options