जोडिनुहोस
  • होमपेज
  • गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

गुल्मी । गुल्मीमा गएराति एक महिलाको हत्या भएको छ । मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए । घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।

वडाध्यक्ष हरिहर सापकोटाका अनुसार मृत्यु भएकी महिलाको विवाह भएको छैन। होटेल चलाएर एक्लै बस्थिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?