जोडिनुहोस
  • होमपेज
  • राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजासहित स्वागत

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज सोमवार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।उहाँलाई विमानस्थल परिसरमा पोखराका विभिन्न सङ्घ–संस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।

महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

महासचिव गुटेरेस भोलि मङ्गलवार अन्नपूर्ण आधार शिविर एबीसीका लागि निस्कनु हुनेछ । उहाँ मङ्गलवार बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गर्नुहुनेछ । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि एक वटामात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।

आधार शिविरमा नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिमले व्यवस्थापन काम गरेको छ । आधार शिविरबाट महासचिव गुटरेस साढे ७ बजे पोखरा विमानस्थल फर्किनु हुनेछ । त्यहाँबाट बिहान सवा ८ बजे उहाँ लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Tour d’Horizon Betify Casino Capacités Fonctionnelles