जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ७ किलोग्राम कोकिन सहित २ भारतीय नागरिक पक्राउ

७ किलोग्राम कोकिन सहित २ भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ भारतीय महिला पक्राउ गरेको छ।

हवाई मार्ग हुँदै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लान लागेको लागु औषध ७ के. जी. ८८७ ग्रामकोकिन सहित भारतीय २ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत असाम घर भएकी ४६ वर्षीय भनल्वामी र २९ वर्षीय इस्थर ललिम्पुई रहेका छन्। भनल्वामी दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागुऔषध नेपाल ल्याएको खुलेको छ। विभिन्न देश घुमेपछि उनले दुबई हुँदै कोकिन ल्याएको अनुसन्धानका क्रममा खुलेको छ।

उनीहरुले विदेशबाट कोकिन ल्याउने र स्थलमार्ग हुँदै भारत लैजाने उद्देश्यले तस्करी गरेको खुलेको प्रहरीको भनाइ छ। नेपाललाई ट्रान्जिट बनाएर तस्करीको गिरोहले यस्ता कार्य गर्दै आएको सार्वजनिक हुँदै आएको छ।

उनीहरूमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК