जोडिनुहोस
  • होमपेज
  • श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि ३४ वर्षीया एक महिलाले गरिन आत्महत्या

श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि ३४ वर्षीया एक महिलाले गरिन आत्महत्या

गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन्। आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ। पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए।

रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन्। बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics