जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा अक्टोबर महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारल ७.३३ प्रतिशतसम्मले घटेको हो।

सेप्टेम्बरमा प्रति ब्यारल ८९.२३ डलर रहेको तेलको मूल्य अक्टोबर ३० मा ८२.३१ डलरमा कारोबार भइरहेको छ।

ब्नेन्ट क्रुड आयलको मूल्य ५ प्रतिशतसम्मले गिरावट आएको छ। पछिल्लो एक महिनामा उतारचढाब हुँदै ४.८१ प्रतिशतसम्मले ब्रेन्ट क्रुड आयलको मूल्य अहिले प्रति ब्यारल ८४.०७ डलरमा कारोबार भइरहेको छ।

पछिल्लो समय इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य घटेर आएको थियो। त्यहीअनुसार निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। बुधबार आइओसीले पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले तेलको मूल्य तोक्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances