मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना अन्य र जनता समाजवादी पार्टी जसपाबाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् । राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ । गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।