सत्ता गठबन्धनको जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् । जनमत बाहेकका सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी जसपाबाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।