जोडिनुहोस
  • होमपेज
  • शरद ऋतुमा १२ सय बढीलाई हिमाल आरोहण अनुमति, ८ करोड रोयल्टी उठ्यो

शरद ऋतुमा १२ सय बढीलाई हिमाल आरोहण अनुमति, ८ करोड रोयल्टी उठ्यो

काठमाडौं। शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न १५९ आरोही समूहका २९४ महिला र १०७२ पुरुषले अनुमति पाएका हुन्।

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए। उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका ४८१ जनाले अनुमति लिएका छन्।

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका ३०८, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका १४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।

नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणवापत ८ करोड ५८ लाख ८३ हजार चार सय ४६ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।

मनास्लु र हिम्लुङको आरोहण सकिएको छ। अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options