
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–१ चारघरेस्थित झारसाँदीमा भेटिएको छ । मंगलबार भेटिएको हिउँ चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा राखिएको छ।
समुन्द्री सतहबाट २,००० देखि ६,००० मिटर उचाइमा पाइने हिउँचितुवा मोरङको उर्लाबारीमा भेटिएपछि वन्यजन्तुविद् र संरक्षणकर्मीले आश्चर्य व्यक्त गरेका थिए। मोरङको उर्लाबारी समुद्री सतहबाट १४६ मिटर उचाइमा छ। जहाँ चर्को गर्मी हुन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी एवम् वरिष्ठ इकोलोजिस्ट श्याकुमार सिंहका अनुसार मंगलबार दिउँसो मोरङको उर्लाबारीमा भेटिएको भाले हिउँ चितुवालाई चिडियाखानामा राखिएको हो ।
वरिष्ठ इकोलोजिस्ट सिंहले उर्लाबारीको बाँसझ्याङमा भेटिएको उक्त हिउँ चितुवाको पछाडिको बाँया खुट्टा टेक्न असहज भएको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार चितुवाको बाहिरी कुनै किसिमको चोट छैन। चितुवाको अवस्था समान्य छ। सिंहले पाटे बाघको बासस्थान रहने उचाइमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको बताएका छन्।