आसिफ शेखले शतक प्रहार गरेको खेलमा नेपाल एपीएफ क्लब कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कर्णालीले ४४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । एपीएफका ओपनर आसिफ १०८ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन् । एक समय ९२ दशमलव
६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले राम्रो साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए । आसिफ १०८ रनमा आउट भएपछि एपीएफको तर्फबाट कोही पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । राउटेला २८ रनमा नटआउट रहे । यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्नेछन् ।