जोडिनुहोस
  • होमपेज
  • अवैध निर्माण गरिएका संरचनामाथि बालेनको डोजर

अवैध निर्माण गरिएका संरचनामाथि बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचनामाथि डोजर चलाएको छ ।

महानगर प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको हो । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार अहिलेसम्मा १४ वटा टहरा भत्काइसकिएको छ ।

‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको अर्यालको भनाइ छ । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर मात्र डोजर चलाएको उनको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका