जोडिनुहोस
मङ्लबार, फाल्गुन १९, २०८२
मङ्लबार, फाल्गुन १९, २०८२
  • होमपेज
  • अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्।

‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ’, ‘यी पश्चिमाले चलाएको हल्लामात्र हो।’

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेसन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपलाई निराधार र नक्कली कथा मात्र भएको बताएका थिए।

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्यांकले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको प्रचारपछि यस्तो पुटिनको प्रतिक्रिया आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका