
माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले माओवादीको स्थायी समिति हटाउन सुझाव दिएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनमा उनले यस्तो सुझाव दिएका हुन् ।
सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछुत गम्भीर रूपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने समेत सुझाव दिए । उनले नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न समेत माग गरेका छन् । मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादीको विधान अधिवेशनमा २० समूहमा छलफल गरि विधान पारित गरिने छ ।