
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डले २०८१ साल बैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ ।