
नेकपा एमालेले प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र सचेतकमा सुनिता बराललाई मनोनित गरेका छन् । यसअघि सचेतक रहेका बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सचेतकमा मनोनित बराल समानुपातिक सांसद हुन् ।