![सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना](https://sagarmatha.tv/wp-content/uploads/2023/10/hel-1024x512.jpg)
काठमाडौं। मनाङ एअरको एनएएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन बिहान सवा सात बजे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइलट पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।