नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
बिहिवार भएका भेटमा द्विपक्षिय हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । साथै राजदूत श्रीवास्तवले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् ।
मन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको पदभार सम्हालेका हुन्।