
काठमाडौँ। सुन तोलाामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला १ लाख २४ हजार ४०० मा कारोबार भएको व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला एक लाख २३ हजार ५०० र तेजावी सुन प्रतितोला एक लाख २२ हजार ९०० मा कारोबार भएको थियो ।
आज चाँदी १ हजार ४७० मा कारोबार भइरहेको छ । बुधबार १ हजार ४४० मा कारोबार भएको थियो ।