जोडिनुहोस
  • होमपेज
  • बिस्केट जात्रा चैत २७ गतेदेखि शुरु हुने

बिस्केट जात्रा चैत २७ गतेदेखि शुरु हुने

भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गते मङ्गलवारदेखि शुरु हुने भएको छ ।

नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर शुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ ।

जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिनुभयो । यही चैत २६ गते सोमवारसम्म रथमा रङ्गरोगन एवम् सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न शुरु गरिने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics