जोडिनुहोस
  • होमपेज
  • जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो सयम जंगली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जंगली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ। वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ ।

केन्द्रका अनुसार जंगली च्याउमा पकाउँदा पनि च्याउमा हुने विष कम हुँदैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help