जोडिनुहोस
  • होमपेज
  • जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ

जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ

धरान : बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ। अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ। निजहरूबाट केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help