जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् । सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए । मन्त्री लामिछाने पोडियममा जानका लागि उठिसकेका थिए, तर बाटो छेकिएपछि मुसुमुसु हाँस्दै उभिइरहे ।

कांग्रेसको अवरोध लगत्तै सभामुखले कार्यसूचीमा रहेका एजेण्डाहरु हटाइएको घोषणासहित आइतबार ११ बजेसम्मका लागि संसदको बैठक स्थगित गरे । शुक्रबारको बैठकको सुरुमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद प्रदीप पौडेललाई बोल्न दिएका थिए । पौडेलले सहकारी ठगीको आरोप लागेको कारण जनाउँदै गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखे । यसबारे प्रधानमन्त्रीले संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि पौडेलले बताए । त्यसपछि विभिन्न सांसदहरुले बोल्ने सिलसिला चल्यो ।

यो पनि-

‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?

माओवादीका नेता सुनले पहेँलपुर भइसके ; सांसद सेजुवाल

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका