जोडिनुहोस
  • होमपेज
  • दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ए पराजित, आयरल्यान्ड–उल्भ्सले जित्यो शृङ्खला

दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ए पराजित, आयरल्यान्ड–उल्भ्सले जित्यो शृङ्खला

आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ए ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच बलमा एक सय ८४ रन बनाउँदा अलआउट भयो ।

नेपाल ए का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ुएु का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो । आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए ।

आयरल्यान्ड–उल्भ्सले नेपाल ुएु सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको पहिलो खेलमा नेपालको ुएु टोली २१ रनले पराजित भएको थियो । शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड–उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका