
काठमाडौँ । वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ । आइतबार सो सङ्गठनले सिंहदरवार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् ।
उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।