
बझाङ। बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएको छ ।
त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए ।
उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ । उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाइ निर्देशन दिएका थिए ।
आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनाव हुँदैछ । यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो ।