
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
सबइन्जिनियर रोकायलाई पोखरा महानगरपालिका९५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका –८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।
अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।