जोडिनुहोस
  • होमपेज
  • नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ।

गएराति अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका हुन्।

उनको देब्रे पाखुरामा गोली लागेको छ। विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरिएको पाइएको छ। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्कदै गर्दा लुटेरा आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options