जोडिनुहोस
  • होमपेज
  • ‘टेरामक्स भ्रष्टाचार’ मा मुद्दाको तयारीमा अख्तियार

‘टेरामक्स भ्रष्टाचार’ मा मुद्दाको तयारीमा अख्तियार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्बौं रूपैयाँ अनियमितता भएको विषयमा छानबिन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग दोषी देखिएकाविरुद्ध मुद्दा दर्ताको तयारीमा छ।

यति नै बेला मुख्यसचिव वैकुण्ठ अर्याल नेपाल टेलिकमको पुरानै बिलिङ सिस्टम मेसिनलाई निरन्तरता दिने निर्णय प्रक्रियामा समेत मुछिएका छन्। तत्कालीन सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष अर्यालको अध्यक्षतामा बसेको नेपाल टेलिकम सञ्चालक समितिको बैठकले नयाँ मेसिन खरिद प्रक्रिया पन्छाएर पुरानै बिलिङ सिस्टमको मेसिनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

तत्कालीन सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष हरिप्रसाद बस्यालको नेतृत्वमा बसेको सञ्चालक समितिको ९१३औं बैठकमा ग्राहकले एक मिनेट कुरा गर्दा १० पैसा चुहावट भइरहेको भन्दै नयाँ मेसिन खरिद गर्ने निर्णय भएको थियो। तर अर्याल नेतृत्वको बैठकले भने पुरानै मेसिनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

त्यतिबेला अख्तियारले नयाँ बिलिङ सिस्टम खरिद नहुन्जेल मात्र पुरानो सिस्टम प्रयोगमा ल्याउनू भनेर दिएको निर्देशन उल्लंघन गरेर नीतिगत निर्णय भएको थियो । तर अर्याल सञ्चार सचिव भएर आएपछि बसेको ९६२औं बैठकले पुरानै सिस्टमलाई निरन्तरता दिने निर्णय गराएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help

छुटाउनु भयो कि?