जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • जेलमा रहेका स्वतन्त्र उम्मेदवारले हराए जम्भू-कास्मिरका पूर्वमुख्यमन्त्रीलाई

जेलमा रहेका स्वतन्त्र उम्मेदवारले हराए जम्भू-कास्मिरका पूर्वमुख्यमन्त्रीलाई

जेलमा रहेका शेख अब्दुल रशिदले जम्भू-कास्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई हराएका छन्।

मंगलबार भारतमा लोक सभा चुनावको मत गणना भइरहेको छ। इन्जिनियर रशिदको नामले चर्चित रहेका शेखले बरामुल्ला क्षेत्रमा एक लाख भन्दाबढी मतान्तरले पूर्वमुख्यमन्त्री अब्दुल्लाहलाई हराएको समाचार संस्था मिन्टले उल्लेख गरेको छ।

रशिदले स्वतन्त्र उम्मेदवारी दिएका थिए।अब्दुल्लाह नेशनल कन्फ्रेन्सका नेता हुन्। रशिद पाँच वर्षदेखि तिहाड जेलमा छन्। उनले आतंकवादीहरूलाई आर्थिक सहयोग गरी गैरकानुनी गतिविधि गरेको भन्दै सन् २०१९ मा जेल हालिएको थियो। बरामुल्लाह क्षेत्रमा मे २० मा मतदान भएको थियो।

रशिद जेलमा हुँदा छोराहरूले बाहिर चुनावी अभियान चालेका थिए। पराजित भएपछि अब्दुल्लाहले रशिदलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। ५७ वर्षीय रशिदले यसअघि दुई पटक चुनाव जितिसकेका थिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV