जोडिनुहोस
  • होमपेज
  • चिरिबाबुले आयुक्तको निवासमा डोजर चलाए, अख्तियारले पुरानो मुद्दामा पत्र काट्यो

चिरिबाबुले आयुक्तको निवासमा डोजर चलाए, अख्तियारले पुरानो मुद्दामा पत्र काट्यो

सार्वजनिक जग्गा मिचेको पाइएको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरको पर्खाल र गेट भत्काएपछि अख्तियारले पुरानो मुद्दालाई अघि बढाएको छ ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता, गुठियार र स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन पटकपटक माग गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा.अमात्यको घरको पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको थियो ।

महर्जनको सचिवालयले अमात्यलाई महानगरमै बोलाएर भत्काउनको लागि आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताएका थिए । महानगरले डोजर चलाएको विषय उत्कर्षमा पुगेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मेयर महर्जनलाई बयानका लागि पत्र काटेको छ।

पूरानो मुद्दा बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको उजुरीमा बयान दिन भन्दै अख्तियारले उनलाई पत्र पठाएको बताइएको छ । मेयर महर्जनले अख्तियारबाट पत्र आएको बताउँदै उक्त मुद्दामा दाबी गरिएअनुसार दुरुपयोग गरी अनियमितता नगरेको भन्दै आफूले जवाफ दिने बताएका छन् ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका