
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।
यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।