जोडिनुहोस
  • होमपेज
  • हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ; स्वर्णीम वाग्ले

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ; स्वर्णीम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले जिती सकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् । इलाम उपनिर्वाचनको मौन अवधि शुरु हुनु अगावै बुधबार पार्टीले राखेको वृहत आमसभामा बोल्दै वाग्लेले चुनाव जिती सकेको बताएका हुन ।

‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिती सकेका छौँ ।’ वाग्लेले भने । रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार-प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि शुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बजारमा वृहत आमसभाको आयोजना गरेको छ । मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाई रहेको बताउँदै, उनले पुराना दलहरू पराजयबाट तर्सिएको बताए ।

उनले भने, ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई सग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका