जोडिनुहोस
  • होमपेज
  • पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे गरिदिएका छन् । हेटौंडा उपमहानगरपालिका-१६ का स्थानीयबासीले बुधबार बाजागाजासहित धुमधामसँग भ्यागुताको बिहे गरिदिएका हुन् । बुधबार बिहान पण्डितलाई नै बोलाएर बाजागाजासहित जोडी भ्यागुताको वैदिक परम्पराअनुसार बिहे गराइएको हो ।

स्थानीयले सहकाल र वर्षाका देवता मानिने इन्द्र भगवाको पूजा गरिसकेपछि भ्यागुता सजाएर बेहुला–बेहुली बनाउँदै बिहे गरिदिएका हुन् । भ्यागुताको उक्त बिहेमा १६ नम्बर वडाका रामकृष्ण कोइरालासहित करिब ३ सय मानिस सहभागी भए ।

बिहेका लागि हेटौँडा-१६ स्थित राम मन्दिरबाट जन्ती निस्केको थियो । त्यसपछि उनीहरू खमारेस्थित कुवामा पुगेर पञ्चे बाजा बजाउँदै भ्यागुताको बिहे गरिदिएका हुन् । पानी नपरेपछि अहिले देशभर डढेलोको प्रकोप छ । हजारौँ हेक्टर जंगल सखाप भइसकेको छ भने तराई मधेसमा खप्नै नसक्ने गर्मी बढेको छ । पानी नपरेर अन्नबाली लगाउन र जोगाउन पनि कठिन भएपछि स्थानीयले परम्परागत विश्वासमा परेर भ्यागुताको बिहे गरिदिएको वडाअध्यक्ष कोइरालाले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका