काठमाडौं– नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले देशका विभिन्न ठाउँमा भइरहेको आगलागी न्यूनिकरणमा सरकार किन असंवेदनशील देखीएको भन्दै प्रश्न गरेका छन् ।
दिनानुदिन डढेलोका घट्ना बढ्न थालेपछि नेता कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई सो प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गइसक्यो । अरबौँको सम्पत्ति नास भइसक्यो । कतै निभ्यो कतै सल्किरहेको छ । बर्सेनी डढेलोका कारण नोक्सानी बढ्दै छ । रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौँ रु नीतिमा की व्यवहारमा रु सरकार किन यति असंवेदनशील ?।