
झापा— झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गाेली चलाएकाे छ ।
नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटाेली प्रहरीले साेमबार साँझ ६ बजेकाे समयमा तीन राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
भारतबाट लागुओैषध बाेकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गाेली चलाएकाे एसपी केसीले बताए ।
प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।