
रुपन्देही । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा नहुने बताएका छन् ।
बिहीबार बाँकेको बैजनाथमा क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले दलका नेतालाई या प्रहरीलाई भनेर माफी मिनाहा गराउने परिपाटी सदैका लाग बन्द हुने जनाएका हुन् ।
राम्रो आचरण हुने कैदीबन्दीहरुलाई कानून बमोजिम माफी मिनाहा हुने बताउदै उनले कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।
यस्तै, गृहमन्त्री लामिछानेले कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनाको विषयमा सरकार संवेदनशील रहेको बताए ।